जुवाखालबाट पक्राउ परेका कोशी प्रदेश सांसद राजभण्डारी दश हजार धरौटीमा छुटे

<span class='c1'>जुवाखालबाट पक्राउ परेका कोशी प्रदेश सांसद</span> <span class='c2'>राजभण्डारी दश हजार धरौटीमा छुटे</span>

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व प्रदेशमन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।

शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर मुद्दा चलाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले तोकेको जनही १० हजार धरौटी तिरेर उनीहरु छुटेको जिल्ला प्रहरी परिसरले जानकारी दिइएको छ ।

सांसद राजभण्डारीसहित सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत पक्राउ परेका थिए । राजभण्डारी कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री हुन् ।

नेकपा एमालेका नेता राजभण्डारी सोलुखुम्बुबाट निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्