विराटनगरमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा ट्राफिक सुरक्षा सचेतना कार्यक्रम

<span class='c1'>विराटनगरमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा</span> <span class='c2'>ट्राफिक सुरक्षा सचेतना कार्यक्रम</span>

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र रोट्र्याक क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवाहरुका लागि ट्राफिक सुरक्षा सचेतना कार्यक्रम विराटनगरको कोबास कलेजमा सम्पन्न भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक सुन्दर श्याम पोखरेलको टोलीले कोबास कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम, अपनाउनु पर्ने सावधानी र ट्राफिक नियम जान्न किन आवश्यक छ भन्ने विषयमा जानकारीमुलक प्रस्तुति दिनु भएको थियो।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रोटरी र रोट्राक्ट क्लबबाट सचेतना कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा समेत समाजलाई टेवा पुग्ने कार्यहरु गर्दै जाने रोट्राक्ट क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष कुशल साहले जानकारी दिए।

कार्यक्रममा रोटरी क्लब अफ विराटनगर सेन्ट्रलकी सदिक्षा कार्कीले ट्राफिक प्रहरीसगको सहकार्यमा यस किसिमका कार्यक्रम भविष्यमा समेत हुने गरि सहकार्य गर्न आफुहरु तयार रहेको बताउदै धन्यवाद व्यक्त गरेकी थिइन्।

कार्यक्रममा कोबास कलेजका विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्