कोशी प्रदेशका पाँच पालिकामा बृद्धिमुखी कार्यक्रम

<span class='c1'>कोशी प्रदेशका पाँच</span> <span class='c2'>पालिकामा बृद्धिमुखी कार्यक्रम</span>

विराटनगर । कोशी प्रदेशका पाँचवटा पालिकामा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । पाँचवटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको छ ।

झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । प्रदेश को उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत यो कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा प्रदेश सरकारले ४० लाख, पालिकाले २० लाख र दायित्वले १५ लाख रुपैयाँ यो कार्यक्रममा खर्च गर्नेछ । सम्झौता कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरिबी हटाउने र उद्यमशिलता बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले रोजगार बृद्धि गर्न र बजारीकरणको लागि प्रदेश सरकार लागिपरेको बताउँदै यसले प्रदेशको समृद्धिमा योगदान पुग्ने दावी गर्नुभयो ।

कार्यक्रमबाट २०० व्यक्तिलाई उद्यामशिलता विकास गर्न सहयोग पुग्ने र त्यसबाट करिब १ लाख २५ हजार नागरिक लाभान्वित हुने दायित्वका कार्यकारी निर्देशक डा।पुकार मल्लले जानकारी दिनुभयो । कृषि मन्त्रालयका सचिव डा।लेखनाथ दाहालले यो कार्यक्रमलाई सफल बनाउन मन्त्रालय लागिपर्ने बताउनुभयो । सम्झौता गर्नको लागि पालिकाका प्रमुख र उपप्रमुखहरु विराटनगर आउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्