सुनसरीमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना

<span class='c1'>सुनसरीमा लागुऔषध दुर्व्यवसनी</span> <span class='c2'>निगरानी कक्षको स्थापना</span>

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको छ ।

सोमबार दिउँसो आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा लागुऔषध निगरानी कक्षको समुद्‍घाटन भएको हो ।

समुद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागुऔषधको प्रयोगले अपराधिक घटनाहरुको बृद्धि हुने तथा युवा वर्गहरु लागुऔषधको कुलतमा लाग्दा व्यक्ति स्वयम, परिवार र राज्यलाई समेत दिर्घकालिन असर पुग्ने भएको हुँदा यसको रोकथाम तथा नियन्त्रणको लागि लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना गरिएको बताए ।

उक्त निगरानी कक्षमा प्रहरी नायब निरीक्षकसहित ६ जना प्रहरी कर्मचारीहरुलाई भण्टाबारी स्थित सिमा नाकाबाट आवत जावत गर्ने संकित व्यक्तिलाई चेकजाँच, नियन्त्रण तथा काउन्सिलिङको लागि परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय भण्टाबारी परिसरमा स्थापना भएको निगरानी कक्षको उद्‍घाटन कार्यक्रममा स्थानीय जन प्रतिनिधि, समाजसेवी बुद्धिजिवी, संचारकर्मी लगायत स्थानीयबासीहरु समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्