भेडेटारबाट सात क्विन्टलभन्दा बढी गाँजा नियन्त्रणमा

<span class='c1'>भेडेटारबाट सात क्विन्टलभन्दा</span> <span class='c2'>बढी गाँजा नियन्त्रणमा</span>

विराटनगर । धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले दिउँसो ३ बजे नियन्त्रणमा लिएको छ ।

ना ८ ख १२६८ नंबरको ट्रकमा तरकारीको बोरा भित्र लुएकार राखिएको गाँजा चेकजाँचको क्रममा भेडेटारबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका निमिक्त प्रमुख डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

ट्रक चालक धनकुटाको पाख्रिबास नगरपालिका-१० का सुजन भनिने टंकबहादुर मगर र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत पाँच दिन अघि साउन २३ गते पनि धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रक चेकजाँचको क्रममा सोही स्थानबाट प्रहरीले एक सय ३५ केजी गाँजा नियन्त्रणमा लिएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्