इलामबाट चोरीको सुन र चाँदीको गरगहनासहित भारतीय नागरिक पक्राउ

<span class='c1'>इलामबाट चोरीको सुन र चाँदीको</span> <span class='c2'>गरगहनासहित भारतीय नागरिक पक्राउ</span>

इलाम । घर कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गरगहना चोरी गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार इलामको सुर्योदय नगरपालिका-१० का ४७ बर्षीय हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका दार्जिलिङका ३० वर्षीय देवब्रत रायले घरको कोठा भित्र गएर दराज खोली दराज भित्र रहेको सुन,चाँदी र नगद चोरी गरी भाग्दै गरेको अवस्थामा स्थानिय र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनको साथबाट चोरी भएका सुनका बिभिन्न प्रकारका गरगहना ६ तोला ८ सय ५ ग्राम, चाँदीका गरगहना १० तोला ८१ लाल र नगद ९ हजार बरामद गरेको हो । चोरीको सामानसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्