विराटनगरको रानी नाकाबाट प्रवेश गर्न खोज्ने बंगलादेशका दुई नागरिक फर्काइए

<span class='c1'>विराटनगरको रानी नाकाबाट प्रवेश गर्न</span> <span class='c2'>खोज्ने बंगलादेशका दुई नागरिक फर्काइए</span>

विराटनगर । विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिक फर्काइएका छन् । बंगलादेशमा सरकार विरुद्धको आन्दोलन र परिवर्तनपछि नेपालमा शरण लिने प्रवेश गरेको आशंकामा उनीहरुलाई नियन्त्रणपछि फर्काइएको हो ।

विराटनगर महानगरपालिका १५ स्थित हुलास चोकमा खटिएका सीमा सुरक्षा गुल्म (प्रसीसु) गुल्म रानीबाट खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले दुई बंगलादेशी नागरिकलाई मंगलबार फिर्ता गरेको हो । यस अगाडी समेत एकजनालाई फर्काइएको थियो ।

उपचारको बहाना बनाएर नेपाल प्रवेश गर्न खोजेका उनीहरुलाई फिर्ता गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले बंगलादेशी नागरिक ४९ वर्षीय एमडी रिएजुल कोरिम र ६३ वर्षीय एमएसटी जायद बेगमलाई फर्काएको हो । उनीहरुलाई मंगलबार पौन १ बजे भारततर्फ नै फिर्ता गराइएको प्रहरीले जनाएको छ । बङ्गलादेशमा भएको घटनालाई लिएर नेपालका सीमा क्षेत्रमा कडाइ गरिएको छ । विद्यार्थी आन्दोलनले गर्दा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश नै छोडेर भागेकी छिन् । अन्य नागरिक समेत आन्दोलनपछि नेपाल प्रवेश गर्ने संभावना रहेकोले सीमा क्षेत्रमा निगरानी बढाइएको हो ।

जोगबनीमा रेलमार्फत आएर नेपाल प्रवेश गर्ने संभावना धेरै रहेकोले निगरानी बढाइएको बिओपी रानीले जनाएको छ । सीमाबाट प्रवेश गरेर नेपालमा बस्ने खतरा भएका कारण पनि निगरानी बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्