झापामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

<span class='c1'>झापामा मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>पैदल यात्रीको मृत्यु</span>

झापा । मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ ।

मंगलबार बाह्रदशी गाउँपालिका–२ जनता बजारस्थित सडकमा मे.४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–१ नयाँ बस्ती बस्ने ४२ वर्षीय च्याङवा तामाङको मृत्यु भएको हो ।

मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा भएको दुर्घटनामा च्याङ्बा र मोटरसाइकलमा सवार कचनकवल गाउँपालिका–१ बस्ने १९ वर्षीय श्रवण राजवंशी घाइते भएका थिए । विएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा च्याङ्बाको मृत्यु भएको हो भने अर्का घाइते श्रवण उपचार पश्चात डिस्चार्ज भएका छन् ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्