बिराटनगर मङ्सिर १६ , बिराटनगर बजार क्षेत्रमा अतिक्रमण गरेर राखिएका फुटपाथ तथा सवारीसाधनलाई हटाउने अभियान चलाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंग तथा बिराटनगर उपमहानगरपालिकाको प्रयासमा बिराटनगर बजारबाट फुटपाथ हटाउने काम अघि बढाइएको हो । बिराटनगर बजार क्षेत्रमा जाम धेरै हुने हुनाले फुटपाथ हटाइएको हो ।
तस्बिर : जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंग