पूर्वाञ्चल विश्वविद्यालय विज्ञान एवं प्रविधि संकायमा ‘अनुसन्धान र विकासमा एआईको महत्व’ विषयक कार्यशाला

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालय विज्ञान एवं प्रविधि संकायमा ‘अनुसन्धान</span> <span class='c2'>र विकासमा एआईको महत्व’ विषयक कार्यशाला</span>

विराटनगर । विराटनगर–३ स्थित पूर्वाञ्चल विश्वविद्यालय विज्ञान एवं प्रविधि संकायले ‘अनुसन्धान र विकासमा एआईको महत्व’ विषयक ७ दिने कार्यशाला गोष्ठी एवं प्रशिक्षण संचालनमा ल्याएको छ ।

वैश्विक परिवेशमा विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूका संकाय र जनशक्तिलाई एआई र यसको उपयोगिता बारे जानकार एवं दक्ष बनाउन गोष्ठी र प्रशिक्षणलाई संचालनमा ल्याइएको हो ।

जनशक्तिलाई अनुसन्धान, खोज र विकासमा केन्द्रित गराउने गरी काठमाडौ विश्वविद्यालयका प्राध्यापक डा. सुदन झा र फ्युज मेशिनका राजेश शिखरले सहभागीहरूलाई एआई सम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गरेका छन् । पूवि विज्ञान तथा प्रविधि संकायका डिन डा. पवनकुमार झाले उद्घाटन गरेको सो प्रशिक्षणमा पूविका आंगिक क्याम्पस आवद्ध ५७ प्राध्यापकको सहभागिता थियो । प्रशिक्षणमा एआईको प्रयोगले कोडिङ्गदेखि मुखाकृति पहिचानसम्मको कार्य सजिलै सम्भव हुने बताइएको थियो । पूविका उपकुलपति डा. विजुकुमार थपलियाले विज्ञान र प्रविधिको विशेष जोड अनुसन्धान र विकासमा हुनु पर्ने र यसको सहजीकरणकालागि एआईको उपयोगितालाई व्यापक बनाउनु पर्नेमा जोड दिएका थिए ।

सहायक डिन मनोजकुमार हलुवाईले एआई आजको आवश्यकता भएको बताए । उनले एआईसँग परिचित नभई अध्ययन, अनुसन्धान, खोज र विकासलाई गति प्रदान गर्न नसकिने बताए । प्रशिक्षक झाले पहिलो २ दिन एआई प्रविधिको बारेमा जानकारी दिने, तेश्रो र चौथो दिन खोजमा आधारित तालिम अनि अन्तिम २ दिन एआई सम्बन्धी सीप विकासको प्रशिक्षण दिइने बताए । पुसेटका निर्देशक नरेशकुमार झाले प्रशिक्षणका लागि अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्