काठमाडौँ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का गरिएको छ । त्यहाँको थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ ।
सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले घटनाको पुष्टि गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
उनले हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन नसकेको बताए । अहिलेसम्म दुई वटा होटल पूर्ण रूपमा बगाएको र मानवीय क्षतिको विवरण प्राप्त नभएको जानकारी दिए।