भविष्यमा लाग्नसक्ने संभावित १८ रोग थाहा पाउने ल्याब परीक्षण सेवा झापा, मोरङ र सुनसरीमा सुरु

<span class='c1'>भविष्यमा लाग्नसक्ने संभावित १८ रोग थाहा पाउने ल्याब</span> <span class='c2'>परीक्षण सेवा झापा, मोरङ र सुनसरीमा सुरु</span>

विराटनगर । झापाको ओम साई पाथीभरा हस्पिटलले भारतको डेल्टाज्सँगको सहकार्यमा कोशी प्रदेशका प्रमुख शहरहरुमा एकसाथ जीनोम परीक्षण सेवा सुरु गरेको छ । झापा, सुनसरी र विराटनगरका प्रमुख शहरहरुबाट डीएनए संरचनाको परीक्षण गर्ने सेवा सुरु गरिएको हो ।

जसका लागि यहाँ नमूना संकलन गरेर भारतको हैदरावादस्थित ल्याबमा परीक्षण गर्न सम्झौता गरिएको छ । जीवनमै एक पटक मात्रै गरिने परीक्षणबाट भविष्यमा लाग्ने संभावित १८ रोगका १३१ नतिजाहरु थाहा पाइने दावी छ । विराटनगरमा ओमसाइ पाथीभराले सेवा बारे जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष दिपककुमार पोखरेलले यो सेवा नेपालमा पहिलो पटक सुभारम्भ गरिएको दावी गरेका छन् ।

मानव शरीरमा अनुवांशिक रोगको पूर्व आंकलन गर्ने जीन चिकित्सा पद्धतिमा यो विश्वमै लाभदायी मानिदै आएको छ । जीनोमद्वारा एकढेड लाख प्रोटिनको कार्य पत्ता लगाउने र समस्याका आधारमा निदान गर्ने उपाय निकाल्न सकिने भनाई छ । मानव शरीर कोशिकाबाट बनेको हुन्छ । त्यस भित्रको डीएनएमा एडेनिन (ए) थायमिन (टी) गुआनिन (जी) र साइटोसिन –(सी) हुने चिकित्सा विज्ञानका जानकारहरु बताउँछन् ।

यो सेवा विराटनगरमा विस्तार भएसँगै सोमबारदेखि नमूना समेत संकलन सुरु गरिने सम्पर्क व्यक्ति नविन घिमिरेले जानकारी दिए । उनका अनुसार परीक्षणका लागि स्वाब (¥याल) कलेक्सन गरिन्छ । यसमा २ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाको डिएनए परीक्षणबाट उसको भविष्य बारे समेत जानकारी पाउन सकिने दावी छ । उसलाई लाग्ने संभावित रोग, उसको संभावित व्यक्तित्व र पेसा, रुचि समेत जानकारी हुने दावी चिकित्सकहरुले विराटनगरमा आयोजित कार्यक्रममा दावी गरेका छन् । यसैगरी १४ वर्षमाथि वयस्कसम्मका किशोर÷किशोरीको समेत जीन परीक्षणबाट भविष्यका संभावित रोग तथा रुचिका कुराहरु जानकारी लिन सकिने बताइएको छ ।

विराटनगरका सम्पर्क संयोजक घिमिरेका अनुसार नमूना संकलन गरेको ४० दिन भित्रमा रिपोर्ट आउनेछ । झापाको भद्रपुरस्थित ओमसाइ पाथीभराले झापामा हस्पिटलमार्फत नै सेवा दिने संरचना तयार पारेको छ । त्यस बाहेक धरान, इटहरी र विराटनगरमा सेवा केन्द्रमार्फत ओमसाइको सेवा विस्तार गरिएको छ । कसैले परीक्षण गराउन चाहेमा २५ हजार रुपेँया शुल्क लाग्नेछ । होल बडी चेकअप गराउँदा ११÷१२ वटा रोगको मात्रै नतिजाहरु आउने गर्दछ । तर, ओमसाइले दिने भनेको ट्रायजीनोम परीक्षणबाट १८ वटा रोगसँग सम्बन्धित संभावित लक्षणसहितको रिपोर्ट आउने दावी गरिएको छ । डिएनए परीक्षणबाट मस्तिष्क कस्तो प्रकारको कार्य गर्दछ, एक व्यक्ति भन्दा अर्को व्यक्तिको भिन्नता जस्ता कुरा समेत जानकारी हुने चिकित्सा विज्ञानको विकासको रुपमा मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्