सिंघीयामा डुबेर मृत्यु

<span class='c1'>सिंघीयामा डुबेर</span> <span class='c2'>मृत्यु</span>

विराटनगर । कटहरी गाउँपालिका–१ जमटोका १६ वर्षीय नितेश सिंहको सिंघीया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो १०ः३० बजेको समयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलिले खोज तलास गरेर दिउँसो १ः४० बजे शव बरामद गरेको थियो ।

खोलामा बेपत्ता सिंहको खोजतलासका लागि सिटी बैंक सिआरभी प्रहरी सहायक निरीक्षक, जिप्रका मोरङबाट प्रनि बिक्रम बहादुर भट्टराई, प्रचौ कटहरीबाट प्रसनि, वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रसनि, सशस्त्र प्रहरी बल जहदाबुट्टाबाट सप्रनि दिपक दाहाल, नेपाली सेना भैरव गण थलाहाबाट जमदार राज कुमार राना .।प्र. बल नेपाल नं. ३ गण हे।क्वा। कंकालिनी मोरङबाट सप्रउ बिश्वबन्धु खड्काको कमाण्डमा नम्बर १ बराहा बाहिनी मुख्यालय पकली सुनसरीबाट टोलि खटिएको थियो । यी सबै उद्धार टोलि समेतले खोजतलास गर्दा सिंह पानीका डुबेर मृत फेला परेका थिए ।

शव बरामद गरेपछि कानुनी प्रकृया पुरागरी पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगरमा पठाएको थियो । त्यसपछि परिवारले लास बुझेर अन्तिम संस्कारका लागि लगेको मोरङ प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्