पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन ढिँलाई गर्नु हुँदैनः गृहमन्त्री लेखक

<span class='c1'>पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन</span> <span class='c2'>ढिँलाई गर्नु हुँदैनः गृहमन्त्री लेखक</span>

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् ।

बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

उनले भने , ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्व छ, यो गम्भिर विषय पनि हो , संवेदनशिल विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु । ’पहिचान भएका विषयमा धेरै छलफल भैइसकेको जनाउँदै निष्कर्षमा पुर्याउन ढिँलाई गर्न नहुने बताए ।

‘यो प्रस्ताविक विधेयकमा सदन र सभामा विस्तृत रुपमा माननीय सदस्यहरुको समेत संशोधन समेत आएर समितिमा पुगेको छ । छलफलका विषयहरु पहिचान भइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्र विस्तार गर्ने कि नगर्ने भन्ने एउटा विषय पहिचान भएको छ । उजुरिकर्ताको पहिचान हुुनुपर्ने कि नपर्ने?, हदम्यादको सवाल बडो गम्भिरताका साथ उठेको छ । स्वार्थ बाझिने भन्ने विषय के हो भन्नेबारेमा पनि उठेको छ । कुनै निर्णय गरेर अख्तियारको दुरुपयोग हुन्छ भने कामै नगरि बस्दाखेरि त्यसले राज्यलाई नोक्सान भयो भने निर्णय नगर्ने पदाधिकारीमाथि कारबाही गर्ने कि नगर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्