आयोगको धेरै जस्तो उजुरीहरु सरकारबाट कार्यान्वयन भइराखेको छैन् : अध्यक्ष मगर

<span class='c1'>आयोगको धेरै जस्तो उजुरीहरु सरकारबाट कार्यान्वयन</span> <span class='c2'>भइराखेको छैन् : अध्यक्ष मगर</span>

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले उजुरीहरु सरकारबाट कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

बुधबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानव अधिकारको अवस्था सम्बन्धमा भएको छलफलमा उनले उजुरीहरु कसरी बढि कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययनको लागि समिति गठन गरेको जानकारी दिए ।

उनले भने, ‘हाम्रो उजुरीहरु धेरै जस्तो सरकारबाट कार्यान्वयन भइराखेको अवस्था छैन् । सिफारिसहरु लागु भइसकेको छैन् । हामीले चाँही फलोअप गरिराखेका छौ । त्यसकै कारण नै अहिले एउटा समिति गठन भइरहेको छ । त्यो समितिले कसरी अब बढि कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययन गर्दैछ ।’
उनले मानव अधिकार संरक्षण सम्बन्धी संविधानले दिएको अधिकार अनुसार नै आयोगले काम गरिरहेको बताए ।

उनले भने, ‘मानव अधिकार संरक्षण सम्बन्धी संविधानले दिएको अधिकार जुन छ त्यही अनुसार नै हामी लागिरहेको छौ । त्यही अनुसार नै काम गरिराखेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्