अरनिको कलेजका विद्यार्थीहरुलाई सम्मान

<span class='c1'>अरनिको कलेजका</span> <span class='c2'>विद्यार्थीहरुलाई सम्मान</span>

१९ मंसिर, बिराटनगर

विराटनगर–१३ मा रहेको अरनिको उच्च माविले हालै काठमान्डौमा सम्पन्न अन्तराष्ट्रिय रोवोटिक्स यन्त्र ५.० यन्त्र रेसर प्रतियोगितामा प्रथम भएका कलेजका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कलेज प्राङ्गमा आइतबार सहभागि विद्यार्थीआई एक कार्यक्रम गरी कलेजका प्रिन्सीपल राजेश कार्की सञ्चालकद्वय लक्ष्मी अधिकारी र उमेन्द्र विलास लुइटेललगायत कलेजका शिक्षक तथा शिक्षिकाले अविर तथा खादा ओढाएर सम्मान गरेका थिए । सम्मानित हुनेमा सौरभ साह, कृतेष रौनियार, उपास कटुवाल र अर्षित बोहरा रहेका छन् । उनिहरुले प्रतियोगिता जितेवापत नगद ५० हजार तथा ट्रफी हात पारेका थिए । जितेवापत रकमले अनाथ बालबालीकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा किनेर वितरण गर्ने विद्यार्थी सौरभ साहले बताए । उनिहरुले देशभरीका ३५ कलेजलाई पछि पार्दै उपाधि जित्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्