सिमलतालमा भएको दुर्घटनामा बेपत्ताहरु जीवित भेटिने आशा छैन् : मन्त्री दाहाल

<span class='c1'>सिमलतालमा भएको दुर्घटनामा बेपत्ताहरु जीवित भेटिने</span> <span class='c2'>आशा छैन् : मन्त्री दाहाल</span>

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नारायणगढ मुग्लिन सडकको सिमलतालमा भएको दुर्घटनामा बेपत्ता भएकाहरु जीवित नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले २८ असारमा भएको दुर्घटनामा परेर बेपत्ता भएकाहरु जीवित भेटिने आशा मरेको भन्दै शवको खोजि कार्य भने जारी रहेको बताए ।

उनले भने, ‘बाढि पहिरो तथा विभिन्न किसिसमका प्राकृतिक घट्नाहरुको कारणले गर्दा धेरै नेपाली जनताहरुले ज्यान गुमाउनु परेको छ कयौं घाईते हुनुहुन्छ। कयौं बेपत्ता हुनुभएको छ । यस्तो अवस्थाबाट देश गुज्रिरहेको छ । मुग्लिनमा दुर्घटना भएर बेपत्ताहरू र मृत्यु भएकाहरूको अहिलेसम्म लास पत्ता लागेको छैन । यस्तो बेपत्ताको खोजी जारी छ । लगभग विश्वास छ कि उहाँहरू जीवित हुनुहुन्छ भन्ने छैन । लास नभेटिन्जेल आस हुन्छ भन्ने छ । जीवित भएको आस राख्ने कुरा भयो ।’

उनले मन्त्रालयमा फाइलहरु थन्कायाएर राखिएको भन्ने विषय सांसदहरुले उठाइरहेको भन्दै कुनै पनि फाईलहरु बिना कारण मन्त्रालयमा नरोकिने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्