जन–विकास स्कुलमा प्रहरी सचेतना कार्यक्रम

<span class='c1'>जन–विकास स्कुलमा प्रहरी</span> <span class='c2'>सचेतना कार्यक्रम</span>

प्रेम देवान
विराटनगर १९ मंसिर । सामुदायिक सेवा केन्द्र रानी तथा पूर्ब क्षेत्रिय प्रहरी कार्यालय रानीको संयुक्त आयोजनामा आईतबार बिराटनगर २१ मा रहेको जनविकास उच्च माध्यमिक विद्यालयमा प्रहरी सचेतना कार्यक्रम सम्पन्न गरीएको छ ।
स्कुल स्तरमा अध्ययननरत कक्षा ९ र १० का छात्राछात्रहरुलाई महिला तथा बाल–बालिकामा हुने हिंसा रोक थाम विषयक प्रशिक्षण दिईएको थियो ।
स्कुलमा अध्ययनरत करिब १ सय भन्दा बढी विद्यार्थीहरुलाई पुर्व क्षेत्रिय प्रहरी कार्यलय रानी विराटनगरकी प्रहरी नायव निरीक्षक कृष्ण कुमारी अधिकारीले सहजीकरण गर्नुभएको सामुदायिक केन्द्र रानीका समिर न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र रानीका अध्यक्ष योग बहादुर किशोर सुब्बा, महिला स्वयसेविका तथा लागुऔषध कार्यदलकी सदस्य ज्योती थापा, नेपाल महिला एकता समाजकी लक्ष्मी खड्का, रस्मी श्रेष्ठ, शोभा शाह लगायतको उपस्थीत रहेको थियो । सामुदायिक केन्द्रले दक्षिणिभेगमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्