विराटनगरको एरागन होटल स्कुलका विद्यार्थीद्वारा बहुसांस्कृतिक खाद्य प्रदर्शनी

<span class='c1'>विराटनगरको एरागन होटल स्कुलका</span> <span class='c2'>विद्यार्थीद्वारा बहुसांस्कृतिक खाद्य प्रदर्शनी</span>

विराटनगर । विराटनगरमा रहेका एरागन होटेल स्कुलमा आज एक रोचक बहुसांस्कृतिक खाद्य प्रदर्शनी सम्पन्न भएको छ।

कक्षा १२ का विद्यार्थीहरुले आयोजना गरेको उक्त कार्यक्रममा मोरङका विभिन्न जातजाति र धर्मका परम्परागत खानाहरु प्रस्तुत गर्दै सम्पन्न भएको हो।

प्रदर्शनीमा थारु, नेवार, मिथिला र मुस्लिम समुदायका विशिष्ट खाद्य परिकारहरु समावेश थिए। विद्यार्थीहरुले आ-आफ्नो समुदायको परम्परागत भेषभूषामा सजिएर स्वयं तयार पारेका यी परिकारहरु प्रस्तुत गरे। आगन्तुक र कलेजका अन्य विद्यार्थीहरुलाई यी विविध स्वादहरु चाख्ने अवसर प्रदान गरियो।

कार्यक्रमलाई थप आकर्षक बनाउन नेवारी संस्कृतिको प्रतीक लाखे नाचको मनमोहक प्रस्तुति पनि गरिएको थियो।

यस अनौठो पहलले न केवल स्थानीय खाद्य संस्कृतिको समृद्ध विविधतालाई प्रदर्शित गर्‍यो, विद्यार्थीहरुमा विभिन्न समुदायको संस्कृति र परम्पराप्रति सम्मान र समझ बढाउने महत्त्वपूर्ण भूमिका पनि निभायो। यस्ता कार्यक्रमहरुले समुदायहरु बीच सांस्कृतिक सद्भाव र एकता प्रवर्द्धन गर्न मद्दत पुर्‍याउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्