महिलामाथी दुर्व्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्यः मन्त्री साह

<span class='c1'>महिलामाथी दुर्व्यवहार हुनु भनेको समाजका</span> <span class='c2'>लागि दुर्भाग्यः मन्त्री साह</span>

काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथी दुर्व्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताएका छन् ।

शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले हाम्रो समाजमा अहिले पनि महिलाहरुले लैङ्गिक भेदभाव र घरेलु हिंसाको शिकार हुनुपरेको बताएका हुन् ।

उनले भने, ‘नेपालको संविधानले हरेक नागरिकहरुलाई स्वतन्त्रताको हक दिएको छ । सम्मानपूर्वक बाँच्न पाउने हक दिएको छ । महिलाकोे हक दिएको छ । महिलाहरुको हक र अधिकारको रक्षा, सम्बद्र्धन र प्रवद्र्धन गर्न राष्ट्रिय प्रयासहरु भइरहेका छन् । हाम्रो समाजमा लैङ्गिक भेदभाव, घरेलु हिंसा, दुर्व्यवहारका घटना भैइरहेका छन् । यस्तो हुनु सभ्य समाजका लागि दुर्भाग्य हो ।’ साथै उनले लैङ्गिक भेदभाव हटाउनसबै एकजुट हुन जरुरी रहेको बताए। उनले राष्ट्र विकासको नाममा सामाजिक मुद्दाहरुमा विविधता देखिएको जिकिर गरे ।

यस्तै मन्त्री सुडीले कानूनमा भएका व्यवस्था अनुसार महिला बालबालिका,ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको सरकारले सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्