आदर्श र पोखरीया माविका छात्राहरूबीच मैत्रीपूर्ण फुट्सल खेल १-१ गोलको बराबरीमा सकियो

<span class='c1'>आदर्श र पोखरीया माविका छात्राहरूबीच मैत्रीपूर्ण</span> <span class='c2'>फुट्सल खेल १-१ गोलको बराबरीमा सकियो</span>

विराटनगर । आदर्श मावि र पोखरीया माविबीचको छात्रा मैत्रीपूर्ण फ़ुट्सल खेल बराबरीमा टुंगीएको छ।

शुक्रबार विराट फ़ुट्सलको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा १/१ गोलको बराबरीमा टुंगीएको हो।

विराटनगर स्तरीय सामुदायिक छात्रा फ़ुट्सल प्रतियोगिताको आयोजना गर्ने उदेश्यसहित मैत्रीपूर्ण फ़ुट्सल प्रतियोगिताको आयोजना गरिएको आदर्श माविका शिक्षक दमन पोखरेलले बताए। उनले भविष्यमा अन्य विद्यालयहरूसँग पनि यस्तै मैत्रीपूर्ण फुट्सल प्रतियोगिताहरू आयोजना गर्दै जाने योजना रहेको जानकारी दिए।

यस प्रकारका खेलहरूले विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धा र मैत्रीपूर्ण सम्बन्ध बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै यसले छात्राहरूलाई खेलकुदमा सहभागी हुन प्रोत्साहित गर्ने र उनीहरूको खेल कौशल विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्