बस दुर्घटना बारे गृह मन्त्रालयमा ब्रिफिङ

<span class='c1'>बस दुर्घटना बारे</span> <span class='c2'>गृह मन्त्रालयमा ब्रिफिङ</span>

काठमाडौं । गृह मन्त्रालयले मस्र्याङ्गदीमा भएको बस दुर्घटनाको बारेमा भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ ।

शनिबार गृह मन्त्रालयमा दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे राज्यमन्त्रीलाई जानकारी गराइएको हो ।

सोही क्रममा गृहमन्त्री रमेश लेखकले घाइतेहरूको उपचार उचित तरिकाले भइरहेको बताएका छन् । उनले भने, ‘भारतबाट आएका पर्यटकहरुको दुर्घटनामा पर्नुभयो । दुर्घटनामा पर्नेहरु भारतका युवा तथा खेलकुद राज्यमन्त्री खड्सेको निर्वाचन क्षेत्रका रहेछन् । उद्धार र उपचारका लागि गरिएको प्रयासको प्रशंसा गर्नुभयो ।’

शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।
सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्