देशमा युवालाई रोक्नका लागि स्टार्टअप जस्ता कार्यक्रमहरु गर्नुपर्छ : डीपी अर्याल

<span class='c1'>देशमा युवालाई रोक्नका लागि स्टार्टअप जस्ता</span> <span class='c2'>कार्यक्रमहरु गर्नुपर्छ : डीपी अर्याल</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ ।

शनिबार दिउँसो पार्टीका उपसभापति डीपी अर्यालले पार्टी कार्यालयबाट घण्टी बजाएर अभियानको सुरु गरेका हुन् । सो अवसरमा पार्टी कार्यालयमा ५ वटा नीति मन्थन बारे छलफल भएको उनले जानकारी गराए ।

उनले भने, ‘नेपालको आवश्यकता आजको युवा पुस्तालाई कसरी यो देशमा रोक्न सकिन्छ भनेर प्रयास गर्नु हो । हामीसँग विभिन्न विधाहरु करिब करिब ३८ वटा विभागहरु छन् पार्टीमा ति विभागमध्ये पाँचवटा विभागले आजको यो कार्यक्रम आयोजना गरेको हो । अब आउने दिनमा केन्द्रमा मात्र नभएर प्रदेशमा पनि यस्ता कार्यक्रम गर्छौँ । हामीले हरेक प्रयास युवा पुस्तालाई देशमा रोक्नका लागि गरिरहेका छौँ ।’

उनले देशमा युवालाई रोक्नका लागि स्टार्टअप जस्ता विभिन्न कार्यक्रमहरू पार्टीले अघि सारेको बताए । पार्टीको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दै रास्वपाले हरेक सुरुवात केही नयाँ कामबाट गरिरहेको उनको भनाई थियो । कार्यक्रममा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपालमा अवसरको ढोका खोल्न सकेमात्र युवाहरू विदेश जानबाट रोकिने भन्दै नवप्रवर्तनको प्रदर्शनी राखिएको बताए ।

उनले नेपाली उत्पादनलाई प्राथमिकता दिई आत्मनिर्भर नेपाल बनाउने अभियान रास्वपाले सुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्