इन्जिनियरहरु बिना मुलुकको विकास निर्माण सम्भव छैन : मन्त्री खड्का

<span class='c1'>इन्जिनियरहरु बिना मुलुकको विकास निर्माण</span> <span class='c2'>सम्भव छैन : मन्त्री खड्का</span>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक निर्माणमा इन्जिनियरहरुको धेरै ठूलो महत्व रहेको बताएका छन्।

शनिबार काठमाडौंमा भएको बृहत इन्जिनियर्स भेलामा उनले आर्थिक र विकास निर्माणको हिसाबले मुलुकलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा आएको भन्दै त्यसका लागि सबैभन्दा ठूलो सारथिका रुपमा इन्जिनियरहरु नै रहेको बताएका हुन् ।

उनले भने, ‘तपाईहरु मुलुक निर्माणको धेरै नै महत्वपूर्ण व्यक्तित्वहरु हो । तपाईहरु बिना मुलुकको विकास निर्माण सम्भव छैन् । तपाईहरुमा सबै खालको कला दक्षता छ । तपाईहरुको सहभागिता विना सरकारले एक्लै काम गर्न सक्दैँन् । हामीले राजनीतिक हिसाबले मुलुकमा एक खालको स्थायित्व निर्माण गरि सकेका छौं । आर्थिक, विकास निर्माणको हिसाबले मुलुकलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा छ । त्यसका लागि सबैभन्दा ठूलो सारथिका रुपमा इन्जिनियर्स साथिहरु हो ।’

यस्तै, उनले आर्थिक मात्र होईन प्राविधिक कारणले पनि ठूला आयोजनाहरु अधुरा रहेको भन्दै यसका लागि सबै मिलेर काम गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो ठूला ठूला आयोजनाहरु अधुरा रहेका छन्, यो आर्थिक पाटोको मात्र कुरा होईन प्राविधिक कारणले पनि ढिला भएको छ । यसका लागि पनि सबै मिलेर काम गर्नुपर्छ । हामीले राजनीतिक परिवर्तन हुदैँ गर्दा केही राजनीतिक पार्टीहरु बीच साझा मुद्धा, एकता र सहकार्य गरेर अगाडि बढ्नु पर्छ।’

यसको साथै, इन्जिनियरिङ् क्षेत्रमा असधिकार र जनशक्तिको कमि भएको कुरालाई सरकारले गम्भीर भएर हेरेको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्