रास्वपाका संस्थापक महामन्त्री विराटनगरका मुकुल ढकालको खोसियो साधारण सदस्य, पार्टीबाट निष्कासन

<span class='c1'>रास्वपाका संस्थापक महामन्त्री विराटनगरका मुकुल ढकालको</span> <span class='c2'>खोसियो साधारण सदस्य, पार्टीबाट निष्कासन</span>

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । संस्थापक महामन्त्री ढकाललाई रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

ढकाललाई यस अगाडी स्पष्टीकरण सोधिएको थियो । २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएपछि उनले सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । लामिछानेको नैतिक धरातल नरहेको र उनी ठग प्रमाणित भएको स्पष्टीकरण दिएपछि उनलाई रास्वपामा साधारण सदस्य समेत नरहने गरि हटाइएको छ ।

२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो । ३५ दिन भित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधि दिइए पनि ढकालले पुरावेदन गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्