प्रधानमन्त्री ओलीले भने : प्रकाश तामाङलाई सरकारले आवश्यक सहयोग गर्छ

<span class='c1'>प्रधानमन्त्री ओलीले भने :  प्रकाश</span> <span class='c2'>तामाङलाई सरकारले आवश्यक सहयोग गर्छ</span>

काठमाडौं । विद्या चापागाईको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) ले केही दिनमा नै नागरिकता पाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिइसकेको बताए ।

उनले भने, ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई÷चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’

नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने उनले बताए । बुधबार विहानै सामाजिक सञ्जालमार्फत ओलीले नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग हुने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्