जनताले प्राथमिक स्वास्थ्य सुविधा समेत प्राप्त गर्न सकेको छैन् : मन्त्री पौडेल

<span class='c1'>जनताले प्राथमिक स्वास्थ्य सुविधा समेत प्राप्त</span> <span class='c2'>गर्न सकेको छैन् : मन्त्री पौडेल</span>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले विशिष्टकृत स्वास्थ्य सुविधालाई सरलिकरण गर्ने भनेपनि व्यवहारमा प्राथमिक स्वास्थ्य सुविधा समेत प्रवाह हुन नसकेको स्विकारेका छन् ।

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा बाभाटन रेडियोथेरापी विथ सिमुल्याटर मेसिनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरु पहिचान गर्न जरुरी रहेको उल्लेख गर्दै सरकार यसमा काम गरिरहेको बताए ।

उनले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रमा समस्याहरु छन् । रोग पत्ता लगाएपछि मात्र उपचार गर्न सकिन्छ भनेजस्तै स्वास्थ्य क्षेत्रमा रहेका समस्या पहिचान गरेमात्रै हामी समाधानको बाटो खोज्न सक्छौं । संविधानले आधारभूत स्वास्थ्य निःशुल्क भनेर भनेको छ । त्यसपछि हामीले विभिन्न निर्णयहरुमार्फत पटक पटक विशिष्टकृत स्वास्थ्य सुविधालाई सरलिकरण गर्ने, सस्तो र सर्वसुलभ ढंगबाट उपलब्ध गराउने भनेर भन्दै आएको स्थिति छ । तर व्यवहारमा हामीले प्राथमिक स्वास्थ्य सुविधा निःशुल्क प्राप्त गर्न सकेको स्थिति पनि छैन र विशिष्टकृत सेवा सरलिकरण ढंगबाट प्रवाह गर्न सकिरहेका छैनौं । यसमा हामीले काम गर्न जरुरी छ ।’
त्यस्तै, स्वास्थ्य सेवाअन्तर्गत सबैभन्दा सस्तोमा पाउने बिमा सुविधा मात्र भएपनि बिमा सेवा समेत व्यवस्थित हुन नसकेको उनको भनाइ छ ।
बिमाको सिमा एक लाखबाट बढाएर पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयको घोषणालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्रोतको खोजिमा सरकार हिँडिरहेको दाबी गरे ।

‘बिमाको सिमालाई बढाएर पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । हामी यसलाई सरकारको नीति बनाउन चाहान्छौं । स्रोत नभएको कारण ले एक लाख समेत व्यवस्थित हुन नसकेको यो अवस्थामा पाँच लाख कसरी उपलब्ध हुनसक्छ भनेर हामीलाई प्रश्न गरिरहनुभएको छ । स्रोत उपलब्ध हुने माध्यम पनि सँगसँगै प्रस्तुत गरेका छौं,’ उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्