विदेशमा रहेका नेपालीहरुको मताधिकारसँगै नियमन पनि आवश्यक

<span class='c1'>विदेशमा रहेका नेपालीहरुको मताधिकारसँगै</span> <span class='c2'>नियमन पनि आवश्यक</span>

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षमा तपबहादुर मगरले विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउँने व्यवस्था गर्दै गर्दा दुबैतिर मतदान गरिरहेका छन् कि भन्ने विषयमा अनुसन्धानको व्यवस्था पनि गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयक सम्बन्धमा मानव अधिकार संस्थाहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उनले बिदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउँने व्यवस्था आवश्यक भएतापनि यसको व्यवस्था र नियमन राम्रो तरिकाले गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘बाहिर बस्ने मान्छेले पनि भोटिङ् दिन पाउनु पर्छ । त्यसमा शंका भएन तर दुवै ठाँउको नागरिकता लिएर बस्ने मान्छे पनि छ होला, यसको लागि राम्रो तरिकाले हेर्ने हाम्रो व्यवस्था छ कि छैन् । नत्र उता पनि भोट हाल्ने यहाँ आएर पनि भोट होल्ने अवस्था हुन सक्छ । यसो भएको हुनाले यसलाई व्यवस्थित गर्न सक्छौ कि सक्दैनौ अवस्था के छ यो कुरा पनि विचार गर्नुपर्छ ।’

उनले अहिले समानुपातिक व्यवस्था हटाउने हो की भन्ने विषय चर्चामा आएको भन्दै यस्तो विषयलाई छलफल गरेर चाँडो टुङ्गाउनु पर्ने बताए । उनले भने,‘हाम्रो संविधानमा समानुपातिक हटाउने हो की भन्ने कुरा पनि चर्चामा आएको छ । वास्तवमा हाम्रो देशमा कानूनमा एउटा र व्यवहारमा अर्को काम हुने गरेको छ । यस्तो धेरै कुराहरु छन् यी सबै कुरालाई छलफल गरेर टुङ्गाउनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्