काठमाडौं महानगरका १२ नगर प्रहरीको स्तर वृद्धि

<span class='c1'>काठमाडौं महानगरका १२ नगर</span> <span class='c2'>प्रहरीको स्तर वृद्धि</span>

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ ।

महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्था बमोजिम प्रमुख प्रशासकीय स्तरीय निर्णयबाट नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायव निरीक्षकमा तह वृद्धि गरिएको हो ।

तह वृद्धि गरिएका प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकाले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिवद्ध रहन निर्देशन दिए । त्यस अवसरमा प्रशासन विभागका प्रमुख नमराज ढकाल, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेसहित अधिकारीहरुले महानगरपालिकाका नीति, योजना तथा कार्यक्रम र सहरी सुशासनमा नागरिकले नगर प्रहरीमाथि विश्वास गरेको बताउँदै यो विश्वाशमा आँच आउन दिन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्