सबै जिल्लामा कर्भडहल बनाउन प्रधानमन्त्री इच्छुक, दशरथ रंगशाला बारे चिन्तित

<span class='c1'>सबै जिल्लामा कर्भडहल बनाउन प्रधानमन्त्री</span> <span class='c2'>इच्छुक, दशरथ रंगशाला बारे चिन्तित</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै जिल्लामा कर्भडहलको विस्तार गर्नुपर्ने बताएका छन् ।

बिहीबार काभा महिला भलिबल प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई सिक्नको लागि कर्भडहल हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हाम्रा खेलाडी छोरीहरुले राम्रो खेल प्रदर्शन गरेका छन् । उत्कृष्टता देखाएका छन् । नेपाललाई विश्वमा चिनाएका छन् यो धेरै ठूलो कुरा हो, । हामीले नयाँ चिन्हहरु स्थापना गर्दै अगाडि बढ्नुपर्छ । कुनै एउटा उचाई छोएपछि सन्तुष्ट भइहाल्नु हुँदैन् । थप उचाई छुनको लागि हामिलाई अनुकुलता र सिक्नको लागि कहाँ सिक्ने उचित वातावरण चाहिन्छ । खेलाडी टिमले नै भनेका थिए कि लगातार सिक्नको लागि कर्भडहल आवश्यक छ । हरेक मौसममा पनि सिक्नका लागि कर्भडहल आवश्यक छ तर कर्भडहल छैन ।’

उनले काठमाडौंमा मात्र होइन सबै प्रदेशमा कर्भडहल हुन जरुरी रहेको बताए । उनले जिल्ला जिल्लामा कर्भडहल बने जुन ठाउँमा छ त्यहीँ ठाउँ बसेर सिक्ने सकिने बताए । साथै उनले दशरथ रंगशालाको खेल मैदान सबैभन्दा बढी विग्रेको बताए । उनले दशरथ रंगशाला जस्तो विग्रेको मैदान कतै नदेखेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्