विद्यालयस्तरीय ‘विराटनगर बास्केटबल कप’को पाचौं संस्करण जारी

<span class='c1'>विद्यालयस्तरीय ‘विराटनगर बास्केटबल कप’को</span> <span class='c2'>पाचौं संस्करण जारी</span>

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को पाचौं संस्करण जारी रहेको छ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ ९ गते देखि २९ गतेसम्म प्रतियोगिता संचालन हुने छ।

कार्यक्रम संयोजक दिपेश कट्वालका अनुसार, यस वर्षको प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ ५ वटा टिम सहभागी रहेका छन्। यो संस्करणमा होम एण्ड अवे फर्म्याटको लिग प्रणाली अपनाइएको छ, जसमा प्रत्येक टिमले पहिलो चरणमै ६ खेल खेल्नेछ, ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्द्वीको होम कोर्टमा खेल्ने छन्। तर महिलातर्फ भने एउटा टिमले सबै टिमसग प्रतिस्पर्धा गर्नु पर्ने छ। "यो फर्म्याटले खेलाडीहरूलाई विभिन्न वातावरणमा खेल्ने र आफ्नो कौशल विकास गर्ने अवसर प्रदान गर्ने छ," संयोजक कट्वालले भने।

उक्त प्रतियोगिताको पुरुषतर्फ दुई समुहमा विभाजन गरिएको छ। जसमा समुह 'ए' मा अरनिको,विकेभिए,सगरमाथा रहेका छन्। भने समुह 'बी' मा आदर्श,शिक्षादीप र एभरेष्ट रहेका छन्। त्यसैगरी महिलातर्फ विकेभिए,अरनिको,सगरमाथा, हेरिटेज र एभरेष्ट स्कुलले सहभागीता जनाएका छन्।

जारी प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ भएको खेलमा अरनिकोलाई विकेभिए स्कुलले पराजित गरेको थियो। दोस्रो दिन महिलातर्फ पनि अरनिकोलाई विकेभिए स्कुलले पराजित गर्यो। त्यसैगरी तेस्रो दिनको खेलमा पुरुषतर्फ एभरेष्टले आदर्श स्कुललाई पराजित गरेको थियो। भने चौथो दिनको खेलमा महिलातर्फ हेरिटेजलाई सगरमाथा स्कुलले पराजित गरेको कार्यक्रम संयोजक कट्वालले जानकारी दिए।

प्रतियोगीताको विजेतालाई ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ। म्यानअफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

गत वर्षको चौथो संस्करणमा बिकेभिएम स्कुलले एभरेष्ट स्कुललाई ३९-३७ को अन्तरले हराउँदै बास्केटबल लिगको उपाधि जितेको थियो ।

नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक गरेको विराटनगर बास्केटबल एकेडेमीले आफ्नो कार्य योजना अनुसार प्रतियोगिताहरु संचालन गर्दै आएको विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिए। अध्यक्ष लम्सालले भने, "हामीले नेपालमै पहिलो पटक बास्केटबल खेलको वार्षिक कार्यक्रम सार्वजनिक गरेका थियौं। हाम्रो लक्ष्य विराटनगरमा बास्केटबल खेलको विकास र प्रवर्द्धन गर्नु हो।"

बास्केटबल एकेडेमीले बास्केटबल खेलको विकास र प्रवर्द्धन गर्नका लागि विभिन्न किसिमका कार्यक्रमहरु समेत निरन्तर संचालन गर्दै आएको छ।

उक्त प्रतियोगिताले स्थानीय युवाहरूमा बास्केटबल प्रतिको रुचि बढाउनुका साथै विराटनगरलाई नेपालको बास्केटबल हबको रूपमा स्थापित गर्न मद्दत पुर्‍याउने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्