क्यानका डिजी जोगाउन रास्वपा लागिपरेको छः सांसद बजगाई

<span class='c1'>क्यानका डिजी जोगाउन रास्वपा</span> <span class='c2'>लागिपरेको छः सांसद बजगाई</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का डिजी प्रदीप अधिकारीलाई जोगाउन रास्वपाले पहल गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले क्यानका डिजी रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रको (रास्वपाको) मान्छे भएको र जोगाइदिन भन्दै सहमहामन्त्री आफूकहाँ आएको आरोप लगाएका हुन् ।

उनले भने, ‘क्यानको विषयमा यहाँ छलफल हुँदैछ । करिब १३ जना प्रतिपक्ष दलको सांसदले सार्वजनिक महत्व दर्ता गराउनुभएको छ । यसै पार्टीका सहमहामन्त्री हतारिएर मेरो ठाउँमा आउनुभयो र क्यानका डिजी जोगाउन भन्नुभयो । रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे जोगाउनुपर्यो भन्दै अचानक आउनुभयो ।’ उनले जनताको भरोसा भनिएको नयाँ पार्टीले डबल स्ट्यान्डर्ड गर्छ भनेर आंफूले कहिले नसोचेको बताए । उनले यो द्वैध चरित्रले देश कहाँ पुग्छ भनेर समेत प्रश्न गरे ।

उनले भने, ‘म प्रश्न गर्न चाहन्छु यो द्वैध चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग यत्रो ठुलो आशा छ जनताको भरोसा छ भनिएको छ । यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्