तेह्रथुममा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु

<span class='c1'>तेह्रथुममा सवारी दुर्घटना</span> <span class='c2'>हुँदा सह-चालकको मृत्यु</span>

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका-१ स्थितमा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।

बुधबार बेलुका लालिगुराँस नगरपालिका-१ लम्बु खोला स्थित मध्य पहाडी लोकमार्गमा इटहरीबाट ग्याँस लोड गरी तेह्रथुमको म्याङलुङ तर्फ जादै गरेको को.१ ख १६८१ नम्बरको ट्रक ब्रक फेल भई ओट लगाउने क्रममा ट्रकको चक्काले किच्दा सह-चालक सुनसरी इटहरीका ४५ वर्षीय रमानन्द चौधरीको घटना स्थलमानै मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न चालक रामधुनी नगरपालिका-४ का ४५ वर्षीय तेज बहादुर राईलाई इलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्