चलचित्र विकास बोर्डको अध्यक्षमा डीसी नियुक्त

<span class='c1'>चलचित्र विकास बोर्डको</span> <span class='c2'>अध्यक्षमा डीसी नियुक्त</span>

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बोर्डको अध्यक्षका लागि तीन जनाको अन्तिम सूची मन्त्रिपरिषद्मा पठाइएको थियो । ती मध्ये डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय सरकारले हो ।
डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी हुन् । उनले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट नेपाली रंगमञ्चमा डेब्यु गरेका थिए ।
डिसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्