अर्थसहित सातवटा संसदीय समितिको बैठक बस्दै

<span class='c1'>अर्थसहित सातवटा संसदीय</span> <span class='c2'>समितिको बैठक बस्दै</span>

काठमाडौं । संघीय संसद्अन्तर्गत आज सातवटा संसदीय समितिको बैठक बस्दैछ ।

संघीय संसद् सचविालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, अनुगमन तथा मूल्यांकन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । अर्थ समितिको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । त्यसका लागि बिहान नौ बजे बैठक बोलाइएको छ ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा वन तथा वातावरण मन्त्रालयबाट यस आर्थिक वर्षमा सम्पादन हुने कार्यक्रम, कार्यसम्पादनमा रहेका समस्या र मन्त्रालयको बजेटका विषयमा छलफल हुनेछ । निर्माण सम्पन्न भइसकेका विभिन्न हाइड्रोपावरको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिमा देखिएका समस्या र रोल्पा जिल्ला परिवर्तन गाउँपालिकामा भोग चलनमा रहेको आवादी जग्गा दर्ता गर्ने क्रममा देखिएको समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा उपसमितिको प्रतिवेदन पेस गरी त्यसमा छलफल हुनेछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्