झापामा भिडियो कल गरेलगत्तै महिला र पुरुषले गरे आ*त्म*ह*त्या

<span class='c1'>झापामा भिडियो कल गरेलगत्तै महिला</span> <span class='c2'>र पुरुषले गरे आ*त्म*ह*त्या</span>

झापा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् ।

महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् ।

अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । पुजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा छोरी र श्रीमती नभएको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको पाइएको छ ।
पाठकले वाट्सएपमा ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गरेकी थिइन । प्रहरीले उनीहरुबीच बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ । प्रहरीले दुवै शवलाई पोष्टमार्टमको लागि पठाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्