श्रीमानलाई भनिन् ‘मारिदिए तेरी छोरी’ मालती होटलमा मःम खाएर हिडिन् अस्मिता

<span class='c1'>श्रीमानलाई भनिन् ‘मारिदिए तेरी छोरी’ मालती</span> <span class='c2'>होटलमा मःम खाएर हिडिन् अस्मिता</span>

विराटनगर । श्रीमान अर्जुन कार्कीसँग झगडा गरेपछि गत शुक्रबार बेलुका ८ बजे घरबाट दुई छोरी च्यापेर हिँडेकी अस्मिता कार्कीले शनिबार साँझ ६ बजे गोठगाउँको मालती होटलमा मःम खाएको खुलेको छ ।

जुन दिन सुन्दरहरैंचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केराबारीमा अस्मिताले सँगै गएका छोरीहरु १ वर्षीया अर्पण र ३ वर्षीया आयिका मृत फेला परेका थिए । नाबालिका मृत फेला परेको दुई घण्टापछि उनी गोठगाउँको मालती होेटलमा मःम खाएर हिँडेको प्रहरीले सुराक पाएको हो ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार अहिले प्रहरीको टोलिले खोजतलासमा छ । घटनामा नयाँ ट्वीष्ट देखिएको छ । अस्मिताले छोरी लिएर हिँडेकै बेलुका श्रीमान् अर्जुनलाई फोन गरेर ‘मारिदिए तेरा छोरी’ भनेको भन्ने पनि आएको छ, प्रहरी उपरीक्षक कार्कीले भने–यसका लागि कल डिटेल रिपोर्ट अध्ययन हुँदैछ । त्यसपछि शनिबार नाबालिका मृत फेला परेको दुई घण्टापछि ६ बजे गोठगाउँको मालती होटलमा मःम खाएर निस्केको सूचना समेत छ ।

प्रहरीले उनी त्यहाँ कसरी पुगिन् भनेर अनुसन्धान गरिरहेको छ । ‘हस्याङ्ग–फस्याङ्ग गर्दै त्यहाँ पुगेर मःम खाएर त्यहाँबाट निस्केपछि उनी पछाडी हेर्दै हिँडेको देखिन्छ’ प्रहरी उपरीक्षक कार्कीले भने–घटनामा अनुसन्धानको पाटो बढाउन पनि सम्पर्कविहीन भएको व्यक्ति पक्राउ पर्नुपर्छ । उनका अनुसार घटनास्थल नजिकै अस्मिताले बोकेको मोवाइल फेला परेको छ । उनले आफ्ना श्रीमान्सँग बारम्बार यस्तै झगडा गर्ने गरेका कारण पनि समस्या हुनसक्ला भन्ने यकिन गर्न नसकेर घटना भएको देखिन्छ ।

धनकुटाको पाख्रिबास–७ हर्रेबाट उनीहरु सुन्दरहरैंचा आउनु अगाडी समेत अस्मिता र अर्जुनबीच झगडा हुने गरेको बुझिएको छ । धनकुटाबाट यहाँ झरेको हुनाले घटनापछि उनी उतै जानसक्ने संभावनालाई आंकलन गर्दै निगरानी भने बढाइएको छ । धनकुटामा कार्यरत एक प्रहरीका अनुसार अस्मितामा मानसिक समस्या रहेको जस्तो व्यवहार हर्रेमा हुँदा समेत देखाउने गरेको जानकारीमा आएको छ । यहाँ पनि पहिला धेरै त्यस्तो हुने गरेको रहेछ, तीनचार दिनसम्म छोरी च्यापेर अन्तै जाने अनि फर्कने गरेको भन्ने सुनियो उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्