मंसिर २२, विराटनगर । विराटनगर–१९ मा रहेको मदर मेरी ईङ्गलिस बोर्डिङ स्कूलको आयोजना बुधबार एक दिने आँखा शिविर सम्पन्न भएको छ ।
रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर, फ्रेड हलोज फाउण्डेशा अष्ट्रेलिया तथा तिल गंगा आँखा अस्पतालको सहकार्यमा सो आँखा शिवर सञ्चालन भएको स्कूलका प्रिन्सीपल देव राँयले जानकारी गराए । विरामीलाई निशुल्क आँखा जाँच, औषधी वितरण तथा मोतियाविन्दु भएका विरामीहरुलाई निशुल्क शल्यक्रिया रामलाल गोल्छा आँखा अस्पताल गर्ने प्रिन्सीपल राँयका बताए । रामलाल गोल्छा आँखा अस्पतालका साहायक चिकित्सक राजेश यादब, सजर पोखरेल, संतोष कट्टेल र जेपी मेहताले विरामीको आँखा जाँच गरेका थिए । शिविरमा २ सय ३१ विरामीले चेक जाँच गरेका थिए ।