सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ चिलियाटापु स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ स्थानीय ४५ वर्षीय गंगाराम यादवलाई आफ्नै घरको पानि खाने कलमा जडान भएको मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनास्थलको सम्पूर्ण कानूनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
फोटो:फाइल