मोरङ र सुनसरीबाट लागुऔषधीसहित तीन जना पक्राउ

<span class='c1'>मोरङ र सुनसरीबाट लागुऔषधीसहित</span> <span class='c2'>तीन जना पक्राउ</span>

विराटनगर । मोरङ र सुनसरीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १९ गते साँझ ६ बजे मोरङको सुनवर्षी नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मे. ६ प १८२८ नम्बरको स्कुटरबाट प्रतिबन्धित औषधी ट्रामाडोल २ हजार ४ सय २० क्याप्सुल बरामद गरेसगै स्कुटर चालक स्थानीय २२ बर्षीय अप्सर आलम र स्कुटरमा पछाडी सवार सुनवर्षी- ८ का २८ बर्षीय प्रदिप कुमार राजवंशीलाई पक्राउ गरेको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-१ बाट स्पास्मो ८ र नाईट्राभेट ८ ट्याब्लेटसहित बराहक्षेत्र नगरपालिका- १० का २० वर्षीय सुरज खत्रीलाई पक्राउ गरेको छ ।

लागुऔषधीसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्