भारतीय वेब सिरिज ‘ताजा खबर-२’ को ट्रेलरमा विराटनगरका कुशल पोखरेलको गीत ‘पैसा’!

<span class='c1'>भारतीय वेब सिरिज ‘ताजा खबर-२’ को</span> <span class='c2'>ट्रेलरमा विराटनगरका कुशल पोखरेलको गीत ‘पैसा’!</span>

विराटनगर । विराटनगरका नेपाली कन्टेन्ट क्रिएटर तथा र्यापर कुशल पोखरेलको र्‍याप गीत भारतकाे चर्चित हिन्दी वेभ सिरिज ‘ताजा खबर-२’ ट्रेलरमा समावेश गरिएको छ ।

पोखरेलको 'पैसा' बाेलकाे गीत लोकप्रिय भारतीय युट्युबर, कमेडियन तथा कलाकार भुवन बमको पछिल्लो वेब सिरिज 'ताजा खबर-२' को ट्रेलरमा समावेश गरिएको हो।

उक्त 'पैसा' गीत विराटनगर गायक कुशल पोखरेलले गाएका हुन् । उक्त गीतमा युट्युबमा ५४ मिलियन भन्दा बढी भीउज आएको छ। बुधबार मुम्बईमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा कुशलले वेभ सिरिजमा प्रयोग भएको ‘पैसा’ बोलको गीत समेत गाएका थिए । डिज्नीप्लस हटस्टारमा मार्फत बनेकाे उक्त सिरिज २७ सेप्टेम्बरमा रिलिज हुन् लागेको छ।

'ताजा खबर-२’ को ट्रेलर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्