प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ

<span class='c1'>प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित</span> <span class='c2'>६ जना पक्राउ</span>

विराटनगर । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २० गते लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट भारत वेष्टबंगालका २२ वर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका-४ का २८ वर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका-९ का २४ वर्षीय तिलक मग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका-१ का २२ बर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी भोजपुरको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-९ का ३१ वर्षीय जसिन राईलाई ३ ग्राम ७६ मिलि ग्राम ब्राउन सुगर सहित र इलामको प्रहरी चौकी दानाबारीले माई नगरपालिका-१ का ३५ वर्षीय तिर्थ गिरीलाई १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको घटना थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्