रोयल अटो इन्टरप्राइजेज र सालिको इन्स्योरेन्समा आवद्ध भएका एक्सीडेन्टल गाडीलाई नगदरहित सुविधा

<span class='c1'>रोयल अटो इन्टरप्राइजेज र सालिको इन्स्योरेन्समा</span> <span class='c2'>आवद्ध भएका एक्सीडेन्टल गाडीलाई नगदरहित सुविधा</span>

विराटनगर । एक्सीडेन्टल गाडीलाई नगदरहित सुविधा दिने उदेश्यका साथ रोयल अटो इन्टरप्राइजेज र सालिको इन्स्योरेन्स बीच नगद सम्झौता भएको छ।

रोयल अटो इन्टरप्राइजेज,इस्टर्न मोर्टस र इस्टर्न अटो प्वाइन्टको नगद रहित बीमाको दाबीका लागि सालिको इन्स्योरेन्ससग सम्झौता भएको हो।

रोयल अटो इन्टरप्राइजेजको तर्फबाट उत्कृष्ट भट्टराई र सालिको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चताप इन्स्योरेन्समा बीमा गरिएको मोटरसाइकल बाहेक सम्पूर्ण गाडीहरुको बिना झन्झट सरल र सहज तरिकाले नगद बिना नै बीमाबाट नै भुक्तानी गर्ने गरी गाडीहरुको मर्मत गराउन सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

अब सालिको इन्स्योरेन्समा बीमा गरिएको सम्पूर्ण गाडीहरु एउटी छानामुनी मर्मत हुने र सोको भुक्तानी बीमा कम्पनीबाट हुने हुदा ग्राहकहरुले बीमाबाट भरपुर लाभ लिन दुवै कम्पनीले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्