विराटनगरमा सुचना हक सम्बन्धि २ दिने कार्याशाला हुने

<span class='c1'>विराटनगरमा सुचना हक सम्बन्धि</span> <span class='c2'>२ दिने कार्याशाला हुने</span>

विराटनगर मङ्सिर २५ , बिराटनगरको होटल एशियाटिकमा “सूचनाको हक सम्बन्धी २ दिने क्षेत्रीय कार्याशाला”संचालन हुनेभएको छ । राष्ट्रिय सूचनाआयोग, काठमाण्डौं, एक्सनएड नेपाल क्षेत्रीय कार्यालय विराटनगर, फोरम फर पार्टिसिपेटरी डेमोक्रेसी विराटनगर र नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडिएससी) विराटनगरको संयुक्त सहकार्यमा सो कार्यशाला हुन लागेको हो । भोली देखि सुरुहुने दुइदिने कार्यशालामा सूचनाको हक कार्यान्वयन गर्न गराउनकालागि नेपालका २२ वटा जिल्लाका क्रियाशिल अभियान्ताहरुसँगको अनुभव, सुझाव, अवसर र चुनौतिहरुको बारेमा छलफल र सम्वाद गरीने छ । नेपालको संविधान २०७२ को धारा २७ मा सूचनाको हकलाई मौलिकहकको रूपमामा व्यवस्था गरीएको छ तर सूचनाको हकको संरक्षण र सम्वद्र्धनकालागि केहि पहल र प्रयास भएतापनि कार्यान्वयनको अवस्था भने सन्तोषजनक पाइएको छैन । यो कार्यशाला सुचनाको हक कार्यान्यनमा जोड दिनका लागि र आम नागरीकलाइ यो हकका बारेमा जानकारी गराउन अभियान्ताहरुकालागि फलदायि रहने नेपाल ग्रामीण विकास समाज केन्द बिराटनगरका योजना तथा कार्यक्रम अधिकृत राजु श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्