मोरङको कटहरीमा १५ मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा

<span class='c1'>मोरङको कटहरीमा १५ मेट्रिकटन</span> <span class='c2'>क्षमताको कोल्ड स्टोर सञ्चालनमा</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर संचालनमा आएको छ । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले एक कार्यक्रमको बीच सोमबार उद्घाटन गरी कोल्ड स्टोर संचालनमा ल्याएका हुन् ।

प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वयन एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ लागतमा उक्त कोल्ड स्टोर निमार्ण गरी संचालनमा आएको छ । कोल्ड स्टोर निमार्णको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहोर्ने सहमति अनुसार निमार्ण भएको हो । जस अनुसार परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले ४ लाख ८५ हजार ३५२ रुपैयाँ खर्च व्यहोरेको छ ।

कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकको उत्पादन खेर जान बाध्यता अब अन्त्य भएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘अब कृषकले आफ्नो उत्पादन खेर जाने समस्याबाट मुक्ति पाउँदैछन् । कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएको छ । कृषकले उत्पादन गरेको कृषी उपज खेर जाँदैन । भण्डारणको उचित व्यवस्थापन भएको छ,’ अध्यक्ष चौधरीले भने, ‘निमार्ण सुरू भएको दुई महिनापछि संचालनमा ल्याउन सफल भएका छौं । ’

परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषी जोन क्षेत्र घोषणा गरेको छ । कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८ सय हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएको छ । उक्त जोनबाट उत्पादन भएको बस्तु विक्री वितरण गर्नको लागि कोल्ड स्टोर निमार्णको लागि परियोजनाले गत मंसिर १३ गते सूचना जारी गरेको थियो । त्यसपछि उपयुक्त स्थान कटहरीको फलफूल तथा तरकारी थोक बजार भित्र उपयुक्त भएपछि त्रिपक्षीय सम्झौता गरिएको इकाइ प्रमुख मनोज कुमार यादवले बताए । १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरमा तीन वटा कोठा रहेको छ । ५ टन क्षमताको तीन वटा कोठा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्