अन्तरिम सरकारको आदेशले बंगलादेशमा हिन्दू कर्मचारी त्रासमा

<span class='c1'>अन्तरिम सरकारको आदेशले बंगलादेशमा</span> <span class='c2'>हिन्दू कर्मचारी त्रासमा</span>

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले एक पत्र जारी गरेपछि त्यहाँ बसोबास गर्ने हिन्दू अधिकारी र कर्मचारीहरूमा त्रास सिर्जना भएको छ ।

पत्रमा सबै मन्त्रालयहरूमा काम गर्ने हिन्दू अधिकारीहरूको पूर्ण सूची मागिएको छ । यस सूचीमा देशका सबै मन्त्रालय र विभागमा कार्यरत समान र उच्च स्तरका सहसचिवसहितका हिन्दू कर्मचारीहरूको विवरण संकलन गर्न भनिएको छ ।

अगस्त २७ मा जारी गरिएको यस आदेशले सेप्टेम्बरको पहिलो साताभित्र सबै हिन्दू अधिकारीहरूको विवरण सरकारलाई बुझाउन आदेश दिएको थियो ।
यो आदेश सबै मन्त्रालयहरूमा गोप्य रूपमा पठाइएको थियो । यस आदेशपछि बंगलादेशका सबै मन्त्रालयहरूमा हलचल मच्चिएको छ, जहाँ हिन्दू अधिकारीहरू कार्यरत छन् । आदेशमा पदाधिकारी र कर्मचारीको पूरा विवरण सँगै सफ्ट र हार्ड प्रतिलिपि उपलब्ध गराउन भनिएको छ । फ्रीडम फर हिन्दू राइट्स इन बंगलादेशका सोमेश बनर्जीले अमर उजाला डट कमसँग कुरा गर्दै, यस आदेशले यहाँ काम गर्ने हिन्दू कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना गरेको बताए ।

उनले भने, ‘अगस्त ५ पछि बंगलादेशका विभिन्न विश्वविद्यालयबाट करिब ५० हिन्दू शिक्षकलाई निकालिएको छ । अहिले यस्तो आदेशले हिन्दूहरूमा डर पैदा गरेको छ ।’ बंगलादेश सरकारले यस सूचीलाई आगामी हिन्दू रीतिथिति र चाडपर्वका अवसरमा सम्बद्ध अधिकारीहरूलाई बोलाउन तयार पारिएको बताएको छ । तर, फ्रिडम फर हिन्दू राइट्स इन बंगलादेशको संगठनले यस तर्कलाई स्वीकार गरेको छैन, र यसलाई डरको वातावरण सिर्जना गर्ने कदमको रूपमा हेरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्