प्रतिनिधिसभा बैठक बस्दै

<span class='c1'>प्रतिनिधिसभा बैठक</span> <span class='c2'>बस्दै</span>

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्