बुद्ध एयरको एटीआर : जसले अठार लाखलाई सेवा दिएर विदा भयो

<span class='c1'>बुद्ध एयरको एटीआर : जसले अठार</span> <span class='c2'>लाखलाई सेवा दिएर विदा भयो</span>

काठमाडौं । बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटीआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ ।

७० हजार उडान साइकल पूरा गरेसँगै ९एन–एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरेको हो ।

१६ वर्ष ३ दिन उडानका दौरानमा यस जहाजले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । बुद्ध एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर–४२–३२० जहाज भित्र्याएको थियो । उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याइसकेको छ । बुद्ध एयर एटिआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।

एटिआरले अहिलेसम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी विदाई गर्न लागेको संसारमै आज पहिलोपटक हो । आजको विदाई कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुध्द एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्