निर्माण कन्सल्टिङ इन्जिनियर्स ७ औं वर्षमा प्रवेश

<span class='c1'>निर्माण कन्सल्टिङ इन्जिनियर्स ७</span> <span class='c2'>औं वर्षमा प्रवेश</span>

विराटनगर । विराटनगरमा रहेर घर नक्सा सम्बन्धी सेवा प्रवाह गर्दै आएको निर्माण कन्सल्टिङ इन्जिनियर्स ७ औं वर्षमा प्रवेश गरेको छ ।

सोमबार एक विशेष कार्यक्रमको आयोजना गर्दै निर्माण कन्सल्टिङले आफ्नो ७ औं वार्षिकत्सब मनाएको हो । वार्षिकत्सब कार्यक्रममा विगत ६ वर्षको अनुभवले आगामी वर्ष आफूहरुमा थप जिम्मेवार बनाएको कम्पनीका प्रवन्ध निर्देशक अमार हसनले बताएका छन् ।

विराटनगर २ शनिहाटमा रहेको निर्माण कन्सल्टिङ इन्जिनियर्स प्रालि दक्ष इन्जिनियरहरु रहेको एक निजी कम्पनी हो । सन् २०१८ स्थापनामा भई निरन्तर आफ्नो सेवा दिँदै आएको छ । कम्पनीले छोटो अवधिमा सयौ घर र भवनहरुको नक्सा निमार्णको गरिसकेको छ । पछिल्लो समय आफ्नो सेवाको क्षेत्रलाई विस्तार गर्दै कम्पनीले आधुनिक प्रविधिका घर तथा भवन निमार्णको काम समेत सुरु गरेको कम्पनीका निर्देशक अम्मार हसनले बताएका छन् ।

ग्लोबल बिजनेस रिकनेक्ट इन्डियाको आयोजनामा भएको “आर्किटेक्चर रिकनेक्ट समिट“ वर्ल्ड वाइड कार्यक्रममा निर्माण कन्सल्टिङले “एक्सिलेन्स इन क्रिएट आउटस्ट्यान्डिङ स्पेस“ अवार्ड प्राप्त गरेको हो ।

निर्माण कन्सल्टिङले घर तथा भवनहरुसँग सम्बन्धित सम्पुर्ण सेवाहरु उपलब्ध गराउँदै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्