विराटनगरको शिक्षादीप कलेजमा निबन्ध प्रतियोगिता

<span class='c1'>विराटनगरको शिक्षादीप कलेजमा</span> <span class='c2'>निबन्ध प्रतियोगिता</span>

विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले विश्व ओजन दिवसको अवसरमा निबन्ध प्रतियोगिताको आयोजना गरेको छ ।

कलेजमा ओजन तह विनाश तथा संरक्षणको उपायको शिर्षकमा निबन्ध प्रतियोगिताको आयोजना गरेको हो ।

निबन्ध प्रतियोगितामा कलेजमा कक्षा ११ र कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत १ सय ५० जना भन्दा बढी विद्यार्थीहरु सहभागि रहेको विज्ञान संकायका को–अर्डिनेटर नविनकुमार राँयले बताए । भदौ ३१ गते विश्व ओजन दिवसको अवसरमा कलेजमा भब्य कार्यक्रमको आयोजना गरेर उत्कृष्ट अुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए ।

निबन्ध प्रतियोगिता आयोजन गर्नु मुख्य उदेश्य भनेको विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई निरन्तर लेखन शैली राम्रो होस र ओजन तह बारेमा सम्बधि सचेत भए भने उनीहरुले वातावरणको असर बारेमा जानकारी पाउन भन्ने उदेश्यले हामीले निबन्ध प्रतियोगिता हो आयोजना गरेको प्रिन्सिपल खडकाले बताए ।

कलेजले गएको वर्षदेखि विश्व ओजन दिवस भब्य रुपले मनाउन थालेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्